समाचार

नागढुङ्गामा आठ केजी चरेस पक्राउ



काठमाडौँ, ४ माघ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले आठ केजी चरेससहित बागलुङका ५० वर्षीय जुद्ध वनलाई पक्राउ गरेको छ ।

पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग१ख ३६७८ नंको यात्रुबाहक बसमा कालो झोलामा प्लास्टिकमा बेरी चरेस ल्याउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रभागका प्रहरी नायब निरीक्षक विदुरचन्द्र अधिकारीले जानकारी दिए ।