काठमाडौँ, २८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ सरकारले यथाशीघ्र निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको बताएका छन ।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको निवास हात्तीवनमा नेकपा एमाले सहितका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री दाहालले सकेसम्म सबै पक्षलाई मिलाएर निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको र आवश्यक प्रक्रियासमेत अगाडि बढिरहेको बताए।
संविधान कार्यान्वयनका लागि पहिलो चरणमा स्थानीय निकायको निर्वाचन गराउने पक्षमा सरकार रहेकाले कुनै पनि आशङ्का नगर्न प्रमुख प्रतिपक्षी दललाई आग्रह गरे।
दुई पार्टीका शीर्ष नेताबीच भएको छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
निर्वाचन हुन नसके मुलुक विषम राजनीतिक सङ्कटमा फस्ने भएकाले त्यसतर्फ ध्यान दिनसमेत प्रधानमन्त्रीलाई सचेत गराइएको एमाले उपाध्यक्ष, भीम रावलले जानकारी दिए ।
’
प्रधानमन्त्रीले समेत निर्वाचन नहुँदाको अप्ठ्यारो र त्यसले पार्ने प्रभावका बारेमा आफू सचेत रहेको बताउनुभएको उपाध्यक्ष रावलले जानकारी दिनुभयो ।
पछिल्ला दिनमा प्रमुख राजनीतिक दलबीच संवाद हुन छाडेको सन्दर्भमा आज प्रमुख दुई दलबीच संवाद भएको हो । संवादको संयोजन माओवादी केन्द्रका नेता श्रेष्ठले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्