शैक्षिक

प्रहरी चौकीमा ढुंगामुढा,पाँच राउन्ड हवाई फायर



रुपन्देही ८ फागुन । जिल्लाको दक्षिणी मर्चवारको क्षेत्रमा रहेको प्रहरी चौकी वडवलियामा ढुगांमुढा प्रहार भएको छ ।

प्रहरी चौकीमा ढुगांमुढा प्रहार गरिएपछि स्थिती तनाबग्रस्त बनेको छ । ढुगांमुढा हुने क्रममा प्रहरीको एक थान हतियार हराएको बताइएको छ ।
स्थिती अनियन्त्रीत हुँदै गएपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको छ भने पाँच राउन्ड आश्रु ग्यास प्रहार गरेको प्रहरीले जनाएको छ ।

स्थिती अनियन्त्रीत बन्दै गएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक बेल प्रसाद पाण्डको कमान्डमा प्रहरी परिपचान गरेको छ ।

शनिबार मर्चवार क्षेत्रको मझगावामा अवस्थित मझगावा उच्च माविमा कार्यक्रम गर्न लागेको थिए । कार्यक्रम नगर्न भन्दै उनीहरुलाई रोक्न खोज्दा प्रहरी रसीके राउतका कार्यकर्ताबीच झडप भएको थियो । झडपमा संलग्न लगभग डेढ दर्जन कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई छुट्याउने बाहनामा चौकीमा ढुगांमुढा प्रहार
गरिएको बताइएको छ ।