सम्पादकीय

सशस्त्र प्रहरीमा अवरुद्ध बढुवा प्रक्रिया सुरु



काठमाडौं, ११ फागुन । सशस्त्र प्रहरी बलले रिक्त रहेका अतिरिक्त महानिरीक्षक (एआईजी) र वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको पदपूर्ति प्रक्रिया अघि बढाएको छ । सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) सिंहबहादुर श्रेष्ठले पदबहाली गरेको एक साता पनि नबित्दै बढुवा प्रक्रिया अघि बढाएका हुन् । यससँगै अन्य पदको बढुवाका लागि पनि बाटो खुलेको छ ।

साता दिनअघि मात्र अवकाश पाएका पूर्वसशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले आफ्नो कार्यकालमा बढुवा प्रक्रिया अगाडि नबढाउँदा बढुवाको असर हरेक तहमा परेको छ । यद्यपि, उनले अवकाश हुनुभन्दा डेढ साताअघि भने तीनजना एसएसपीलाई नायव महानिरीक्षक ९डीआईजी० मा बढुवा गरेका थिए, जुन बढुवा पनि विवादरहित बन्न सकेन ।

नवनियुक्त आईजीपी श्रेष्ठले दज्र्यानी चिह्नले सुशोभित र पदबहाली भएकै दिन व्यक्त गरेको सम्बोधनबमोजिम नै बढुवा प्रक्रिया अगाडि बढाएका हुन् । नवनियुक्त आईजीपी श्रेष्ठको त्यस दिनको निर्देशन सम्बोधनले सशस्त्र प्रहरीका जवानदेखि माथिल्लो तहसम्मलाई खुसी भर्ने काम गरेको थियो ।

सशस्त्र प्रहरी बलमा अहिले तीन एआईजी र ६ जना एसएसपीको पद खाली छ । एसएसपी पद लामो समयदेखि रिक्त रहेको भए पनि तीन एआईजी पद रिक्त भएको एक साता मात्र बितेको छ ।

गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिले सोमबार साँझ रिक्त तीन सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदका लागि मूल्यांकन फारम भरी सात दिनभित्र बुझाउन सूचना प्रकाशित गरेको छ ।

बढुवा समितिको सचिवालयका सदस्यसचिव आईजीपी श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा बढुवाका लागि आवश्यक पर्ने शैक्षिक योग्यतालगायत बढुवा प्रायोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रहरूको प्रतिलिपि सात दिनभित्र पेस गर्न भनिएको छ ।

सशस्त्र प्रहरी नियमावलीमा एआईजीको बढुवाका लागि गृहसचिव र आईजीपी दुई सदस्यीय रहने प्रावधान छ । सशस्त्रमा एआईजी बढुवाका लागि डीआईजीहरू उत्तम खड्का, नारायणबाबु थापा, पुष्पराम केसी, दिवाकर केसी र रामशरण पौडेल दाबेदार छन् ।

थापा, केसी र पौडेल नेपाल प्रहरीबाट आएका हुन् । खड्का र केसी नेपाली सेनाबाट आएका हुन् ।
यी पाँचैजना एउटै पत्रबाट डीआईजी बनेका हुन् । उनीहरूसँगै डीआईजी बनेका शैलेन्द्र खनाल हाल एआईजी छन् भने जीतबहादुर पुनले दुर्जकुमार राईसँगै अवकाश पाइसकेका छन् । यी पाँचमध्ये दुईजना आगामी २५ जेठबाट डीआईजीको पाँच बर्से कार्यकालका कारण अनिवार्य अवकाशमा जानेछन् ।

यसैगरी, एसएसपी बढुवाका लागि एआईजी प्रेमकुमार शाही सदस्य सचिव रहेको समिति गठन गरिएको छ । बढुवा समितिले रिक्त ६ सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० पदमा निवेदन पेस गर्न पनि सूचना प्रकाशित गरेको छ ।

सशस्त्रमा अहिले ६ जना एसएसपी पद रिक्त भए पनि दुई पद भने दुई वर्षभन्दा लामो समयदेखि रिक्त छन् । पूर्वसशस्त्र प्रहरी महानिरीक्षक राईले आपूmनिकटका जुनियरलाई एसएसपी बनाउन वरिष्ठलाई बढुवा नदिई सो पद खाली राखेका थिए । यद्यपि, उनी यसमा सफल भएनन् ।

रिक्त ६ एसएसपीका लागि एसपीहरू राजेन्द्र शाक्य, शम्भु सुवेदी, अभि खत्री, राजेन्द्र अधिकारी, दुर्गा भट्टराई, गणेश ठाडा मगर, कमल गिरी र कुलबहादुर नेम्बाङ दाबेदार छन् ।

नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले नेपाली सेना र प्रहरीबाट आएका अधिकृतहरूलाई नयाँ नियमावलीले पारेको असरलाई सम्बोधन गर्दै बढुवा प्रक्रिया अगाडि बढाउनुपर्ने अवस्थासमेत आएको छ । सेना र प्रहरीबाट सशस्त्र युद्धका बेला आएका केही अधिकृतको शैक्षिक योग्यता स्नातकभन्दा कम भएकाले नयाँ नियमावलीले उनीहरूको बढुवामा प्रत्यक्ष असर पार्ने भएकाले यसलाई मिलाउनुपर्ने अवस्था उनीमाथि आएको राजधानीमा समाचार छ ।