काठमाडौं, १३ फागुन । बाबुराम भट्टराईले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग मिलेर विज्ञप्ति जारी गरेको विषयलार्य लिएर नयाँ शक्ति पार्टीभित्रै विवाद सिर्जना भएको छ ।
नयाँ शक्ति केन्द्रीय परिषद्का नौ सदस्यले बिहीबार नै संयुक्त विज्ञप्तिमार्फत भट्टराईको निर्णय स्वेच्छाचारी भएको भन्दै त्यसको विरोध गरेका छन् ।
भट्टराईले पार्टीलाई चुनाव विरोधी देखाएको भन्दै पार्टीको संस्थागत निर्णयविपरीत एकल निर्णय गरेको आरोप उनीहरुले लगाएका छन् । भट्टराईको एकल निर्णय फिर्ता लिन पनि उनीहरुले माग राखेका छन् ।
निर्मल भट्टराई, मोहन बम, देव लिम्बु, हरिराम नेपाल, चन्द्रदेव ओझा लगायतले विज्ञप्तिमार्फत भट्टराईको निर्णयको आलोचना गरेका नागरिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्