शैक्षिक

कानपुर क्याम्पसमा सर्वसहमतिमा स्ववियु घोषणा



बनेपा, १५ फागुन । काभ्रेपलाञ्चोकको दुर्गम क्षेत्र मानिने तिमालको कानपुर क्याम्पसमा शनिबार सर्वसहमतिमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) घोषणा भएको छ ।

नेपाल विद्यार्थी सङ्घ,अनेरास्ववियु, अखिल क्रान्तिकारीबीच भएको सहमतिअनुसार सो क्याम्पसमा अनेरास्ववियुकी सुनिता लामा अध्यक्ष, उपाध्यक्ष मुना पौडेल (अखिल क्रान्तिकारी) सचिव बबिता मैनाली (अखिल क्रान्तिकारी) सहसचिव सन्तोषी भण्डारी (अनेरास्ववियु) र कोषाध्यक्ष अनिता तामाङ (नेविसङ्घ) निर्वाचित भएको घोषणा गरिएको अनेरास्ववियुले जनाएको छ ।

त्यस्तै सदस्यमा समीक्षा मैनाली र निर्मला श्रेष्ठ निर्वाचित भएका छन् । जिल्लाका अझै १५ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ ।

यही फागुन १८ गते हुने स्ववियु निर्वाचनका लागि शनिबार काभ्रेपलाञ्चोकका अधिकांश त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएका क्याम्पसमा उम्मेदवारी दर्ता भएको छ ।

दुईवटा क्याम्पसमा विद्यार्थी भर्नाको विषयलाई लिएर विवाद हुँदा उम्मेदवारी दर्ता स्थगित भएको छ भने एउटा क्याम्पसमा उम्मेदवारी दर्ता हुनेछ । रासस