सम्पादकीय

भिक्षुको भेषमा लुम्बिनीमा इराकी शरणार्थी



काठमाडौं, १६ फागुन । बौद्ध भिक्षुको आवरणमा भगवान गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिर पुगेका इराकी नागरिक प्रहरी सोधपुछपछि फरार भएका छन् ।

तीन साताअघि मायादेवी मन्दिरबाट पक्राउ परेका ती व्यक्तिले सुरुमा आफूलाई भारतीय नागरिक बताएका थिए । उर्दू, हिन्दी र सामान्य अंग्रेजी भाषामा कुरा गर्ने उनले पछि आफू इराकी शरणार्थी भएको बताएका थिए ।

प्रहरीले शरणार्थीको परिचयपत्र देखाउन भन्दा लिएर आउँछु भन्दै प्रहरीबाट उम्किएको लुम्बिनी बिकास कोषमा सूचना अघिकृत खगेन्द्र काफ्लेले जानकारी दिए ।

रुपन्देहीको बेलहियास्थित अध्यागमन कार्यालयका अनुसार पछिल्लो चार बर्षयता इराकी नागरिक तथा शरणार्थी यस मार्गबाट प्रवेश गरेको अभिलेख छैन । प्रहरीले अन्तर्राष्ट्रिय बिमानस्थलबाट आएका इराकी नागरिकको पनि अभिलेख अध्ययन गरिने जानकारी दिएको कारोबारमा समाचार छ ।