सम्पादकीय

प्रतिबन्धित भारुको समस्या समाधान गर्न रिजर्भ बैंकको टोली आज आउँदै



काठमाडौं, १७ फागुन । प्रतिबन्धित ५ सय र हजार दरका भारु नोट साट्ने विषयमा छलफल गर्न भारतीय टोली मंगलबार नेपाल आउने छ ।

रिजर्भ बैंक अफ इन्डियााको उक्त टोलीले नेपाल राष्ट्र बैंकका उच्च अधिकारी भेटेर प्रतिबन्धित भारुको समस्या समाधान गर्ने अपेक्षा गरिएको छ ।

भारतको उक्त टोलीले नेपालमा रहेका प्रतिबन्धित नोटको व्यवस्थापन कसरी गर्ने भन्नेमा छलफल गर्ने र निष्कर्षमा पुग्ने बताइएको नागरिकमा समाचार छ ।