एपी,१९ फागुन । एक तीब्बती महिला फुटबल टिमलाई अमेरिकाको डालासमा हुने प्रतियेगितामा भाग लिनका लागि अमेरिकी भिसा दिन इन्कार गरिएको छ ।
तीब्बती महिला फुटबलका प्रशिक्षक एवं कार्यकारी निर्देशक क्यासी चाइल्डर्सले नयाँ दिल्लीस्थित अमेरिकी दूतावासले टिमका १६ सदस्यलाई भिसा अस्वीकार गरेको जानकारी दिएका छन् ।
उनीहरुले अप्रिल ९ देखि १६ सम्म हुने डालास कप सकर प्रतियोगितामा सहभागी हुन भिसा आवेदन गरेको कान्तिपुरमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्