Banner News

व्यवस्थापनको अव्यवस्थित कार्यशैलीः दुई चिनीयाँ जहाज नै निगमलाई भारी



काठमाडौं, १९ फागुन । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको आन्तरिक व्यवस्थापनका कारण निगमको ओरालो यात्रा रोकिएको छैन् ।

निगमको व्यवस्थापनले निगमलाई सुर्धान र बढ्दो नोक्सानीलाई उठाउन ठूला–ठूला कुरा गर्दै आएको भए पनि ती कुरामा मात्रै सिमित भएको व्यवहारमा देखिएको छ ।

व्यव्स्थापनले निगमको गिर्दौ आर्थिक अवस्था उठाउनेमा गम्भीरता नदेखाएको व्यवहारमा देखिएको छ ।

हाल आन्तरिक उडानका लागि १७ सिट क्षमताका दुई थान चिनीयाँ जहाज छन् । दुई जहाजका लागि मात्र तीन पाइलट छन् । यो हेर्दा निगमको प्रशासनिक अवस्था र निगमले जहाजको व्यवस्थापन कसरी गर्ला भन्ने प्रष्ट देखिने भएको छ ।

निगमले हाल तीन पाइलट लिएर दुइटा जहाजबाट सातामा २८ उडान गर्ने तालिका बताएको छ । तीनमध्ये जहाज कमान्ड गर्ने क्याप्टेन एक जना मात्र छन् भने बाँकी दुई कोपाइलट हुन् ।

एउटा क्याप्टेन र दुई कोपाइलटले एकैचोटी चार उडान गर्ने असम्भव तालिका बनाइएको छ। एउटा जहाज उडाउन एक जना क्याप्टेन र एकजना को पाइलट चाहिन्छ ।

निगमको यो कार्यशैलीलाई हेर्ने हो भने आगामी दिनमा ल्याउने प्रकृयामा रहेको दुइृ वटा वायड बडी जहाज कसरी व्यवस्थापन गर्ला ? यो सबैमा प्रश्न उठेको छ । यो कार्यशैली र वर्तमान व्यवस्थापनले गरेको काम कारबाही हेर्दा निगम उठने भन्दा पनि डुब्ने तर्फ अग्रसर रहेको देखिन्छ ।