काठमाडौं, २० फागुन । बागबजारस्थित पद्मकन्या क्याम्पसमा स्ववियु चुनाव हुनुपर्ने माग राख्दै नेविसंघका विद्यार्थीले रिले अनसन सुरु गरेका छन् ।
स्ववियु चुनाव गर्न क्याम्पसमा सहज वातावरण हुँदा पनि क्याम्पस प्रशासनले विभिन्न बाहनामा चुनाव गर्न नचाहेको नेविसंघकी केन्द्रिय सदस्य रमा थापाले आरोप लगाइन् । क्याम्पस प्रशासनले जबसम्म चुनावी वातावरण बनाउँदैन तबसम्म अनसन जारी राख्ने थापाले बताईन् ।
अनशन बस्नेहरुमा नेविसंघ केन्द्रीय सदस्यद्धय कौशिला भट्ट, रमा थापा, पद्मकन्याक्याम्पस इकाई कोषाध्यक्ष अर्पणा खड्का, पद्मकन्याकी नेविसंघ नेतृ तेजकला उप्रेती पुजा रहेका छन् । नयाँ पत्रिकामा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्