सम्पादकीय

राप्रपाको विवाद उत्कर्षमा, असन्तुष्ट पक्षले बोलायो भेला



काठमाडौं, २२ फागुन । एकता महाधिवेशन सम्पन्न भएको एक महिना बित्न नपाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र चुनाव चिह्नलाई लिएर विवाद सुरु भएको छ ।

एकता महाधिवेशनपछिको पहिलो केन्द्रीय समिति बैठकले चुनाव चिह्न गाई राख्ने निर्णय गरेपछि लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनीसहितका नेता त्यसको विपक्षमा उभिउका छन् ।

चुनाव चिह्न हलो राख्नुपर्ने पक्षधर नेताले चैत ५ गते काठमाडौंमा भेला बोलाएर पार्टी शुद्धीकरण अभियान चलाउने निर्णय गरेका छन् । त्यसकालागि महेश्वर रोकाको नेतृत्वमा शुद्धीकरण अभियान समिति गठन गरिएको छ ।

‘हामीले चैत ५ गते काठमाडौंमा भेला बोलाएका छौं,’ रोकाले भने, भेलामा हलो पक्षधर सबै नेतालाई उपस्थित हुन आग्रह गरेका छौं ।’ स्रोतका अनुसार शुद्धीकरण अभियानमा केही शीर्ष नेताको साथ छ । नागरिक दैनिकमा समाचार छ ।