सम्पादकीय

भारतीय गाडीमा तस्करी



हेटौंडा, २३ फागुन । लागूऔषध तस्करीमा संलग्न भारतीय नागरिक र सवारीसाधनमाथि मकवानपुर प्रहरीले निगरानी बढाएको छ । मकवानपुर प्रहरीले लागूऔषध चरेश र गाँजासहित शनिबार र आइतबार तीनजना भारतीय नागरिक पक्राउ गरेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौडा १७ रातोमाटेमा काठमाडौं बाट रक्सौल जाँदै गरेको बीआर २९ बी ७१४१ नम्बरको भारतीय जिपमा लुकाएर ल्याउँदै गरेको एक सय २५ किलो चरेशसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत मोतिहारी बस्ने ३० बर्षका चालक मेराज साह र सोही ठाउँ बस्ने बर्ष २६ का मथलेस सहनी रहेको प्रहरीले बताएको छ । प्रहरीले रातोमाटेबाटै ६२ किलो गाँजासहित भारत मोहिारीका २८ बर्षका मनोजकुमार यादवलाई समेत पक्राउ गरेको छ । अन्नपूर्ण पोस्टमा समाचार छ ।