विश्व

दोहोरो गोली हानाहान एकको मृत्यु



जेरुसेलम, २३ फागुन। रमाल्लाहको वेस्ट बैंक सिटीका आइतबार राति इजरायली सैनिकसँग भएको दोहोरो गोली हानाहानमा परी एक प्यालेटाइनीको मृत्यु भएको इजरायली सैनिक स्रोतले जानकारी दिएको छ ।

नाम नखुलाइएको एक प्यालेस्टानी व्यक्तिलाई गिरफ्तार गर्न उनको घरमा पुगेका इजरायली सैनिकलाई ती व्यक्तिले गोली प्रहार गरेको र इजरायली सैनिकले गरेको जवाफी कारबाहीमा उनको मृत्यु भएको जनाइएको छ ।

इराजयली सैनिकसँग जारी रहेको यस दोहोरो गोली प्रहारमा दुई प्यालेस्टाइनी घाइते भएका पनि बताइएको छ ।

सन् २०१५ को अक्टोबरबाट इजरायल र प्यालेटाइनबीच सुरु भएको यस हिंसामा परी हालसम्म २५४ प्यालेस्टाइनी, ४० इजारायली, दुई अमेरिकन र एक जोर्डानी, एक सुडानीको मृत्यु भएको एएफपी समाचार ससितिले जानकारी दिएको छ । एएफपी