काठमाडौं, २५ फागुन । अमेरिकाले एक विवादास्पद मिसाइल प्रतिरक्षा प्रणालीको पहिलो भाग दक्षिण कोरिया पठाउन सुरु गरेको जनाएको छ ।
उत्तर कोरियाको खतराविरुद्ध रक्षा गर्न डिजाइन गरिएको दि टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स सिस्टम (थाड) को पहिलो भाग दक्षिण कोरियामा पठाइएको हो ।
उत्तर कोरियाले एकै दिन चार ब्यालिस्टिक मिसाइल परीक्षण गरेको भोलिपल्टैबाट उक्त प्रणाली लगाउन सुरु गरेको हो । यो प्रणालीले आफ्नो उडानमै छोटो र मध्यम दूरीको मिसाईललाई नष्ट गर्ने क्षमता राख्छ । कान्तिपुरमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्