सम्पादकीय

कृत्रिम खुट्टा नेपालमै निःशुल्क



काठमाडाै‌, २८ फागुन । विविध कारणले खुट्टा गुमाएका व्यक्तिहरूका लागि चौधरी ग्रुपले नेपालमै कृतिम खुट्टा उत्पादन गरी निशुल्क वितरण गर्ने भएको छ ।

चौधरी फाउन्डेसनले भारतको जयपुरस्थित विश्वप्रसिद्ध भगवान महावीर विकलांग समिति -जयपुर फुट_ सँगको संयुक्त पहलमा कृतिम खुट्टा उपलब्ध गराउने भएको हो ।

कृतिम खुट्टाको उत्पादन र न्यूनतम् शुल्कमा विश्व बजारमा सेवा पुर्‍याएर अन्तर्राष्ट्रिय ख्याती कमाएको जयपुर फुट र चौधरी फाउन्डेसनबीच नेपालमा कृतिम खुट्टा उत्पादन र वितरण गर्ने समझदारी भएको हो ।अन्नपूर्ण पोस्टमा समाचार छ ।