काठमाडौं, ३ चैत । मुनलाइट सर्भिसेस कम्पनीका नाममा एक गिरोहले शृंखलाबद्ध रुपमा वैदेशिक रोजगारमा रहेका नेपालीलाई अमेरिकाको ‘द बोइङ कम्पनी’ मा पाँचवर्षे करारमा रोजगार लगाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको खुलेको छ ।
छ वर्षअघि खाडी राष्ट्रमा रहेका नेपाली कामदारलाई अमेरिका लैजाने प्रलोभन देखाई ठग्दै आउको यो गिरोहले अहिले मलेसियामा रहेका नेपालीलाई सोही प्रलोभनमा पारी ठगी गरिरहेको भेटिएको हो ।
मुनलाइट सर्भिसेस कम्पनीका नाममा महेश राणा भन्ने व्यक्तिले मलेसियामा कार्यरत नेपालीबाट अहिले लाखौं रुपैयाँ असुलेर ठगी गरेका हुन् । पीडितसँग रहेको मुनलाइट सर्भिसेसको लेटरप्याडमा राणाले आफूलाई उक्त संस्थाको प्रवन्ध निर्देशकका रुपमा प्रस्तुत गरेका छन् ।
राणाले अमेरिकाको इलिनोइस राज्यको सिकागो सहरस्थित द बोइङ कम्पनीमा ‘एयरक्राफ्ट फ्याक्ट्री हेल्पर्स’ पदमा जागिर लगाइदिने भन्दै तीन वर्षदेखि मलेसियामा कार्यरत नेपालीसँग पैसा उठाउँदै आएको पीडितले बताएका छन् ।
राणाले भिसा प्रक्रियाका लागि भन्दै ५५ जनासँग दुई किस्तामा प्रतिव्यक्ति ३ सय ३५ अमेरिकी डलर उठाएर सम्पर्कविहीन भउको गुनासो पीडितको छ । नागरिक दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्