सम्पादकीय

सुन बोक्ने भरिया जेलमै, एसएसपी र व्यापारी छुटे



काठमाडौं, ५ चैत । ३३ किलो सुन काण्डमा संलग्न रहेकामध्ये जिल्ला अदालत काठमाडौंले एसएसपी श्याम खत्रीलाई धरौटी माग गरेको छ ।

जिल्ला अदालत काठामाडौंका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले सुन तस्करीमा संलग्न रहेको मनोज श्रेष्ठ, राजेश शाक्य, र सपन श्रेष्ठलाई १ १ लाख धरौटी माग गरेको छ भने अन्य आरोपीलाई पुर्पक्षमा पठाउने निर्णय गरेको छ ।

विमानस्थलमा सेटिङ मिलाएर सुन अवैध रुपमा भित्र्याउन सहयोग गर्ने एसएसपी खत्रीलाई २ लाख मात्र धरौटी मागेको छ । अवैध सुन किन्ने व्यापारीलाई अदालतले १ लाख मात्रै धरौटी माग गरेको छ ।

सुन ल्याउने भरियालाई भने अदालतले पुर्पक्षमा राख्ने आदेश दिएको छ । धरौटी मागेकाहरु शुक्रबार नै उक्त धरौटी रकम बुझाएर थुनामुक्त भएका छन् । नेपाल समाचारपत्रमा समाचार छ ।