सम्पादकीय

गृहका कारण म्यादी प्रहरीको पोसाकमा अन्योल



काठमाडौं, २० चैत । स्थानीय तहको चुनावको लागि भर्ना लिइएका म्यादी प्रहरीको पोसाक अन्योलमा परेको छ ।

गत शनिबारदेखि भर्ना सुरु भएको म्यादी प्रहरीको २२ चैतमा नतिजा प्रकाशन गरी २५ गतेदेखि तालिम सुरु गर्न लागिएको छ ।

तर, शनिबारसम्म म्यादी प्रहरीको पोसाकको टुंगो लागेको छैन । कानुनी प्रक्रिया पूरा गरी उनीहरुलाई पोसाक खरिद गर्ने समय पुग्नेवाला छैन । जसका कारण म्यादी भर्ना लिइरहेका जिल्ला प्रहरी कार्यालयहरु अन्योलमा परेको छ ।

यस सम्बन्धमा गृह मन्त्रालयले हालसम्म निर्णय गरेको छैन । स्रोतका अनुसार, उनीहरुलाई ड्रेस कोड तोकेर नगद नै दिई युनिर्फम किन्न लगाउने तयारी भइरहेको छ ।

गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले म्यादी प्रहरीको ड्रेस खरिदका लागि समय अभाव भएकाले विभिन्न विकल्पमा छलफल भइरहेको बताए । नयाँ पत्रिकामा समाचार छ ।