Banner News

एमालेमा एक व्यक्ति एक निर्वाचनः उम्मेदवार सिफारिस वडाको चैत्र ३०–नगरपालिकाको वैशाख ४



काठमाडौ,२२ चैत्र । नेकपा एमालेले स्थानीय तहमा पार्टीको तर्फबाट उठ्ने उम्मेदवारको लागि मापदण्ड तय गरेको छ । स्थायी समितिको बैठकले गरेको निर्णय अनरुप तीन तह स्थानीय तह, प्रदेश सभा र केन्द्रीय संसद्को निर्वाचनमध्ये एक व्यक्तिले एक तहको निर्वाचनमा मात्र उम्मेदवार बन्न पाउने निर्णय गरिएको छ ।

त्यसरी नै बैठकल यसअघि नै निर्णय गरेअनुरुप उम्मेदवारको सिफारिस पठाउनका लागि वडा कमिटीहरुले यही चैत ३० गतेसम्म, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका कमिटीहरुले २०७४ वैशाख ४ गतेसम्म, जिल्ला कमिटीहरुले २०७४ वैशाख ७ गतेसम्म र प्रदेश कमिटीहरुले २०७४ वैशाख १० गतेसम्म उम्मेदवारको सिफारिस तथा निर्णय गरिसक्नुपर्नेछ ।
पार्टी स्थायी समितिले २०७४ वैशाख १२ गते बैठक बसी उम्मेदवारका सन्दर्भमा केन्द्रबाट गर्नुपर्ने निर्णय गर्ने एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

एमालेले स्थानीय निर्वाचनको सम्पूर्ण तयारीका लागि केन्द्रीय कमिटीको बैठक आउँदो वैशाख ३ गते आयोजना गर्ने भएको छ ।