सम्पादकीय

तयार भयो नमुना मुसहर बस्ती, हस्तान्तरण वैशाख १ मा



काठमाडौं, २६ चैत । धुर्मुस-सुन्तली फाउन्डेसनले महोत्तरीको बर्दिबासमा निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्ती लगभग तयार भएको छ । निर्माण कार्यलाई अन्तिम चरणमा पुर्‍याएको फाउन्डेसनले वैशाख १ मा बस्ती हस्तान्तरण गरिने जनाएको छ ।

तीन महिना लगाएर बनाइएको नमुना बस्ती महजोडीले नै मुसहरलाई हस्तान्तरण गर्दैछन् । त्यसैगरी, वस्तीमा निर्मित भ्युटावर सामाजिक अभियन्ता रामआशिष यादव र बस्तीमा निर्मित बालउद्यान तथा मुसहरका कुलदेवताको मन्दिर धुर्मुस-सुन्तलीका आमाबाबुले समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रम तालिका धुर्मुससुन्तली फाउन्डेसनले बनाएको अन्नपूर्ण पोस्टमा  समाचार छ ।