काठमाडौं, २६ चैत । स्थानीय निर्वाचनको मिति नजिकिंदै गर्दा पर्सामा क्रियाशिल राजनीतिक दलहरु आन्तरिक र बाह्य तयारीमा व्यस्त देखिएका छन् । पर्सामा नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्रसँगै मधेसी दलहरुले पनि राजनीतिक गतिविधिलाई तिव्रता दिएका छन् ।
संविधान संशोधन नभई निर्वाचन हुन नदिने अडान राखेको मधेसी मोर्चामा आवद्ध मधेसी दलहरु समेत आम सभाका कार्यक्रम राखेर निर्वाचनको तयारी गरिरहेका छन् ।
स्थानीय तहको पुनसंरचनापछि पर्सा जिल्लामा वीरगञ्ज उपमहानगरपालिका, पोखरिया नगरपालिका र ११ वटा गाउँपालिका गरी १३ वटा स्थानीय तह बनेको छ ।
यसअघि वीरगञ्ज नगरपालिकामा ११ वटा गाविस गाभेर १९ वटा वडा रहेको नगरलाई ३० वटा वडामा पु¥याएर उपमहानगरपालिका बनाईएपछि पर्सामा एक उपमहानगरपालिका, एक नगरपालिका र ६६ गाविस थियो । पुनसंंरचना पछि वीरगञ्जमा २७ वटा वडापालिका कायम भएको छ
यसैगरी पोखरीया नगरपालिका वीरगञ्जबाट २० किलोमिटर पश्चिममा पर्छ । पोखरियामा साविकका पोखरियासँगै वैरिया विर्ता, परशुरामपुर, हरिहरपुर विर्ता, विरञ्ची वर्वा, मुडली भेडिहायी गाविस पर्छन् ।
११ वडा पालिका तोकिएको पोखरिया नगरपालिकाको केन्द्र पोखरिया रहेको छ ।पोखरिया नगरपालिकाको कार्यालय यसअघिदेखि नै सञ्चालनमा आइसकेको छ । नयाँ पत्रिकामा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्