सम्पादकीय

आजदेखि पहिलोपटक आर्थिक गणना हुँदै



काठमाडौं, २६ चैत । नेपालमा पहिलोपटक आर्थिक गणना हुने भएको छ । गणनाको सुरुवात आज शनिबारबाट सबै जिल्लामा एकैसाथ हुने तथ्यांक विभागले जनाएको छ ।
यसका लागि विभागले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । पहिलो चरणमा परीक्षणका रुपमा पाइलटिङ कार्यक्रमअन्तर्गत आर्थिक गणना गरिने र २०७५ वैशाख १८ गतेदेखि आर्थिक गणनालाई तीव्ररुपमा अघि बढाइने विभागका निर्देशक अनिल शर्माले जानकारी दिए । अहिलेसम्म प्रश्नावली तयार, प्रश्नावलीको परीक्षण गर्ने काम सकिएको  छ ।
आर्थिक कारोबार गर्ने व्यक्तिहरुको जनसंख्यालाई आधिकारिक तुल्याउन नेपालमा पहिलोपटक आर्थिक गणना गर्न लागिएको हो । विभागका अनुसार, आफ्नो मातहतका ३३ वटा कार्यालय रहेको र ६६ वटा जिल्लामा ६ हजार ६ सय जनाको स्पाम्पलिङकमा रुपमा गणना गरिनेछ । नेपाल समाचारपत्र मा समाचार छ ।