सम्पादकीय

मातृभूमिमा आँच आउने गतिविधिहरु रोक्न सेना तयार



सुर्खेत, २७ चैत । नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले मातृभूमिमा आँच आउने गतिविधिहरु भएमा नेपाली सेना चुप लागेर नबस्ने बताएका छन् ।

मध्यपश्चिमको भूतपूर्व सैनिकहरुको सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उनले संकट समाधान गर्न सेना हरबखत तयारी अवस्थामै रहने बताए ।

मातृभूमिको रक्षा गर्न नेपाली सेना सदेव तयार छ उनले भने, बदलिँदो परिस्थितिमा सेना सजग र सक्षम अवस्थामै छ ।  कान्तिपुरमा समाचार छ ।