राजनीति

खड्काको संयोजकत्वमा एक सय एक सदस्यीय निर्वाचन सहयोग समिति गठन



काठमाडौं, २७ चैत । नेकपा (एमाले) पेशागत विशेष जिल्ला कमिटीको आयोजनामा काठमाडौं–९ मा बुद्विजीवीहरुको भेला सम्पन्न भएको छ ।

पार्टी निकट बुद्विजीवीहरुको भेलाले टहल बहादुर खडकाको संयोजकत्वमा एक सय एक सदस्यीय निर्वाचन सहयोग समिति गठन गरेको छ ।

समितिको सह–संयोजक प्रेम पराजुली र सचिव भोला उपाध्याय चयन भएका छन । खडकाको संयोजकत्वमा बसेको भेलाले १७ सदस्यीय सचिवालय गठन समेत गरेको छ ।

भेलाले स्थानीय तह निर्वाचनमा पार्टीलाई हरतरहले विजयी गराउन आवश्यक सहयोग गर्ने जनाएको छ ।

निर्वाचनको समयमा पार्टी र स्थानीय जनताको जनजिवीकाको सवालमा वुद्विजिवीहरुसँग राय समेत लिने संयोजक खडकाले बताए ।