काठमाडौं, २८ चैत । उपप्रधानमन्त्रीको वरियताक्रमको विवाद र नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिका विषयमा टुंगो नलागेपछि मन्त्रिपरिषद्को बैठक फेरि स्थगित भएको छ।
आइतबार अपरान्हका लागि बोलाइएको मन्त्रिपरिषद बैठक विशेष कारणबस् स्थगित गरिएको भन्दै सोमबार दिउँसो तीन बजेका लागि बोलाइएको छ ।
उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कमल थापाबीच वरियताक्रम विवाद नमिलेपछि यसअघि पनि पटक-पटक बोलाइएको मन्त्रिपरिषद बैठक स्थगित हुँदै आएको थियो। उपप्रधानद्वय निधि र थापामध्ये को दोस्रो वरियतामा रहने भन्ने विवाद कायमै छ।अन्नपुर्णमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्