काठमाडौं, २९ चैत । एमालेले स्थानीय तहको निर्वाचन एकै चरणमा हुनुपर्ने धारणा अघि सारेको छ । मधेसी मोर्चा माने दुई चरणमा चुनाव गर्न सकिने धारणा सत्तारुढ दलहरुबाट आइरहको बेला प्रमुख प्रतिपक्षी एमालेले भने त्यसमा असहमति जनाएको हो ।
एमाले स्थायी समितिको सोमबारको बैठकले चुनावबारे समिक्षा गर्दै निर्वाचनलाई पर धकेल्ने नियत स्वरुप दुई चरणको कुरा आएको उल्लेख गर्दै त्यस्तो प्रस्तावमा एमालेले समर्थन नगर्ने धारणा बनाएको हो । ‘वैशाख ३१ गते तोकिएकै मितिमा देशभर एकैपटक सबै स्थानीय तहको निर्वाचन सम्पन्न हुनुपर्दछ भन्ने पार्टीको पूर्ववत् अडान छ यसभन्दा विपरित हाम्रो समर्थन हुँदैन,’ बैठकपछि एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने ।
स्थानीय तहको अधिकार कटौती गर्ने गरी संविधान संशोधन प्रस्ताव ल्याउने सरकारी तयारी प्रति पनि एमाले बैठकमा कुरा उठेको थियो । ‘जनआन्दोलन र संविधानको मर्म र भावना विपरीत स्थानीय तह र प्रदेशका अधिकारका विरुद्धको साथै नेपालको सामाजिक सद्भाव र भौगोलिक एकतालाई कमजोर पार्ने कुनै पनि प्रस्तावप्रति हाम्रो पार्टीको समर्थन रहने छैन,’ बैठकको निर्णयमा छ ।
अध्यक्ष केपी ओली उपचारका लागि थाइल्याण्ड गएकाले कार्यावहाक अध्यक्ष बामदेव गौतमको अध्यक्षतामा बसेको बैठकले संविधान संशोधन र स्थानीय तहको निर्वाचन मितिका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्ताघटक दलका कतिपय नेताहरुबाट सार्वजनिक भएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । संविधान संशोधनका सम्बन्धमा एमाले नेतृत्वसंग अहिले सम्म कुनै गम्भिर छलफल नभएको उल्लेख गर्दै प्रधानमन्त्रीले झूठ अभिव्यक्ति दिइरहेको एमालेले जनाएको छ ।
एमाले स्थायी समितिको सोमबारको बैठकले चुनावबारे समिक्षा गर्दै निर्वाचनलाई पर धकेल्ने नियत स्वरुप दुई चरणको कुरा आएको उल्लेख गर्दै त्यस्तो प्रस्तावमा एमालेले समर्थन नगर्ने धारणा बनाएको हो । ‘वैशाख ३१ गते तोकिएकै मितिमा देशभर एकैपटक सबै स्थानीय तहको निर्वाचन सम्पन्न हुनुपर्दछ भन्ने पार्टीको पूर्ववत् अडान छ यसभन्दा विपरित हाम्रो समर्थन हुँदैन,’ बैठकपछि एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने ।
स्थानीय तहको अधिकार कटौती गर्ने गरी संविधान संशोधन प्रस्ताव ल्याउने सरकारी तयारी प्रति पनि एमाले बैठकमा कुरा उठेको थियो । ‘जनआन्दोलन र संविधानको मर्म र भावना विपरीत स्थानीय तह र प्रदेशका अधिकारका विरुद्धको साथै नेपालको सामाजिक सद्भाव र भौगोलिक एकतालाई कमजोर पार्ने कुनै पनि प्रस्तावप्रति हाम्रो पार्टीको समर्थन रहने छैन,’ बैठकको निर्णयमा छ ।
अध्यक्ष केपी ओली उपचारका लागि थाइल्याण्ड गएकाले कार्यावहाक अध्यक्ष बामदेव गौतमको अध्यक्षतामा बसेको बैठकले संविधान संशोधन र स्थानीय तहको निर्वाचन मितिका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्ताघटक दलका कतिपय नेताहरुबाट सार्वजनिक भएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । संविधान संशोधनका सम्बन्धमा एमाले नेतृत्वसंग अहिले सम्म कुनै गम्भिर छलफल नभएको उल्लेख गर्दै प्रधानमन्त्रीले झूठ अभिव्यक्ति दिइरहेको एमालेले जनाएको छ । कान्तिपुरमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्