काठमाडौं, २९ चैत । सरकारको कार्यशैली चुनाव प्रभावित पार्ने खेल अनुसार अघि बढेको संकेत देखिन थालेको छ । केही समय यतादेखि सरकारको गतिविधि नियालेर हेर्दा सरकार निर्वाचन निर्धारित समयमा नै गर्न मूडमा छैन भन्ने आंशकालाई उसका पछिल्ला गतिविधिले थप पुष्टि गरिदिएको छ ।
मधेसी मोर्चालाई चुनावमा जान मनाउनका लागि भन्दै मंगलवार संसदमा दर्ता गरिएको संविधान संशोधनको प्रस्तावले चुनाव हुन नदिने संकेत देखापारेको छ ।।
मोर्चालाई पनि मान्य हुने प्रस्ताव भन्दै सरकारले यसअघिको संविधान संशोधन प्रस्ताव फिर्ता लिइ मंगलवार संविधान संशोधनको नयाँ प्रस्ताव दर्ता गराएको हो । मधेसी मोर्चाले भने सिमाङकन फेरबदल गर्ने बाहेकको संशोधन प्रस्ताव आफूलाई अमान्य हुने भन्दै संसद् नै बहिस्कार पहिले झै आज पनि ग¥यो ।
मोर्चाको बहिस्कारपछि संसदको अर्को बैठक बैशाख ७ गतेका लागि तोकिएको छ । मोर्चाले प्रक्रिया बहिस्कार गर्ने जनाइसकेका अवस्थामा ७ गतेका लागि संसद बैठक तोकेर निर्वाचनका कार्यक्रमलाई प्रभावित पार्ने संकेत देखिएको हो ।
जककि निर्वाचन आयोगले बैशाख १६ गते स्थानीय तहको चुनावका लागि उम्मेदवारी दर्ताको समय राखेको छ । चुनावभन्दा अघि संविधान संशोधन गर्ने भन्दै सरकारले नयाँ संशोधन प्रस्ताव दर्ता गराएको छ र त्यसमा छलफल गर्न बैशाख ७ गते बैठक डाकेको छ ।
एकातिर मोर्चाले नयाँ दर्ता भएको प्रस्ताव स्वीकार गरेको छैन, अर्कोतिर ७ गते संसद बोलाएर १६ गते अगाडि संविधान संशोधन सम्भव छैन । यसको सोझो अर्थ संविधान संशोधनका लागि समय नपुगेको भनेर उत्कर्षमा पुगेको चुनावी कार्यक्रमलाई प्रभावित पार्ने डिजाइन वाहेक अर्को के हुन सक्छ ।
प्रतिक्रिया दिनुहोस्