काठमाडौं, ६ वैशाख । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराई सत्तारुढ नेकपा माओवादी केन्द्रको कडा आलोचना गरेका छन् ।
चुनाब चिन्ह नदिने निर्वाचन कानुनविरुद्ध संघर्षरत पार्टीका नेताले जनयुद्धका लडाकुलाई जेल हालेको भन्दै ट्विटरबाट आक्रोश पोखेका हुन्।
सरकारको आलोचना गर्ने क्रममा उनले एनसेलबाट अर्बौं रुपैयाँ झ्वाम पारेको समेत आरोप लगाएका छन्।सरकारको आलोचना गर्ने क्रममा उनले एनसेलबाट अर्बौं रुपैयाँ झ्वाम पारेको समेत आरोप लगाएका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा रहेको सरकारले एनसेल खरिदबिक्री प्रकरणमा विक्रेता टेलियाबाट पूँजीगत लाभकर असुल्ने निर्णय गरेको थियो।
‘दलहरूलाई चुनावचिन्ह नदिएर अघोषित प्रतिबन्ध शान्तिपूर्ण सभामाथि प्रहरी दमन’, डा. भट्टराईले ट्विट गर्दै भनेका छन्,’जनयुद्धका लडाकुलाई जेल एनसेलबाट अर्बौं झ्वाम् नाम चाहिं माके वाह’ नागरिकमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्