सम्पादकीय

नेपालमा अवसर छ, फाइदा उठाउनुस्’



काठमाडौं, ६ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा लगानीको अवसर रहेको भन्दै भारतीय लगानीकर्तालाई त्यसबाट फाइदा उठाउन आग्रह गरेकी छन् ।

भारतको विदेश मन्त्रालय र भारतीय उद्योग परिसंघ ९सीआईआई०, भारतीय उद्योग वाणिज्य महासंघ ९फिक्की०लगायतका भारतका निजीक्षेत्रका संघसंस्थाहरुको संयुक्त आयोजनामा मंगलबार नयाँ दिल्लीमा भएको अन्तक्र्रियामा राष्ट्रपतिले भारतका लगानीकर्ताहरुलाई नेपालमा लगानीको अवसर सदुपयोग गर्न भन्दै नेपाल भ्रमणका लागि पनि आग्रह गरिन् ।

नेपालमा केही वर्ष अघिसम्म पनि प्रमुख लगानीकर्ताका रुपमा रहेको भारतीय लगानी क्रमशः घट्दै गइरहेका बेला राष्ट्रपति भण्डारीले भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेकी हुन् ।

नेपालमा अघिल्लो महिना सम्पन्न लगानी सम्मेलनमा भारतीय लगानीकर्ताहरुले ३४ अर्बको मात्र लगानी मनसाय प्रकट गरेका थिए । यसअघि नेपालमा सबैभन्दा बढी सरकारी तथा निजीक्षेत्रको लगानी गर्ने राष्ट्रको रुपमा भारत रहे पनि यसपटक चीनले ८ खर्ब ८८ अर्ब लगानीको मनसाय प्रकट गरेको छ ।

भारतले पछिल्ला वर्षमा नेपालमा लगानी घटाउँदै लगेको छ । आर्थिक वर्ष ०७१र७२ मा ३४ अर्ब ७१ करोड लगानी गरेकोमा ०७२र७३ मा १ अर्ब ९४ करोड मात्र लगानी गरेको छ ।राष्ट्रपतिले नेपालमा राजनीतिक परिवर्तनपछि अबको लक्ष्य सामाजिक आर्थिक रुपान्तरण रहेका भन्दै नेपालले भारतको विकासबाट फाइदा उठाउनुपर्ने बताइन् ।

समकक्षी भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणमा सोमबारदेखि भारतको राजकीय भ्रमणका क्रममा रहेकी राष्ट्रपति भण्डारीले मंगलबार त्यहाँका निजी क्षेत्रका प्रतिनिधिहरुलाई भनिन्, “नेपाल भ्रमण गर्नुस्, नेपालमा लगानीका अवसरहरु छन् र त्यसबाट फाइदा लिनुस् ।”

अहिलेको भूमण्डलीकरण र अन्तरदेशिय परनिर्भर विश्वमा सहयोग र साझेदारीको विषय प्रष्टसँग अगाडि आइसकेको भन्दै उनले नेपालले निजी क्षेत्रलाई विकासका साझेदारका रुपमा व्यवहार गर्दै आएको बताइन् ।

राष्ट्रपतिले निजी क्षेत्रलाई न्यून महसुल लगाइएको, करको सरलीकरण गरिएको, व्यापार र उद्योगसम्बन्धी आधारभूत पूर्वाधारहरुको विकास लगायतमा विभिन्न किसिमको सहुलियत प्रदान गरेको बताएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

राष्ट्रपतिको भ्रमणदलमा रहेकी नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले पनि भारतीय लगानीकर्ताहरुलाइ नेपालमा निर्धक्क भएर लगानी गर्न आग्रह गरिन् । राणाले पछिल्लो समय नेपालमा लगानीको वातावरण बन्दै गएको बताइन् ।

राष्ट्रपति भण्डारीको सम्मानमा नया“ दिल्लीमा आयोजना गरिएको विशेष कार्यक्रम सीइओज मिटिङमा राणाले नेपालको आर्थिक व्यवसायिक विकासमा सहयोग गर्न समकक्षी संस्थाहरु सीआईआई र फिक्कीलाई पनि अनुरोध गरिन् ।

उनले दुवै संस्थासँग महासंघले सहकार्य गर्न चाहेको उल्लेख गर्दै भनिन्, “भारत नेपालको एक असल छिमेकी मात्र नभै नेपालको प्रमुख आर्थिक तथा विकास साझेदार पनि हो ।” कार्यक्रममा राणाले सन् १९९० मा अवलम्बन गरेको आर्थिक उदारीकरणको नीतिपछि नेपालको औद्योगिक विकास, रोजगारी सिर्जना र गरिबी निवारणमा पु¥याएको सहयोगको नेपाली निजी क्षेत्रको प्रशंसा गरेको स्मरण गराइन् ।

महासंघ र भारतीय उद्योग परिसंघ ९सीआईआई० दुवै संस्थाले सन् १९९६ मा नेपाल–भारत व्यापार सन्धि सम्पन्न गर्न खेलेको भूमिका आपसी आर्थिक सम्बन्धको कोशेढुंगा भएको राणाको भनाइ छ । सोही सन्धी नै आर्थिक सम्बन्ध विस्तारको एक महत्वपूर्ण आधार बन्नुको साथै आपसी आर्थिक सम्बन्धलाई यसैले नया“ उचाईमा पु(याएको उनले बताइन् ।

राणाले नेपालमा कार्यरत अधिकांश भारतीय उद्योग प्रतिष्ठानहरुले राम्रो नाफा कमाइरहेका र अति कठिन समयमा पनि व्यवसाय राम्रो गर्न सफल भएको उदाहरण प्रस्तुत गरेकी थिइन् । कारोबारमा समाचार छ ।