काठमाडौं, ६ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले निर्वाचन बहिस्कार गर्ने र सरकारबाट बाहिने विकल्पको संकेत दिनु भएको छ ।
आफनो पार्टीको बिधानबाट निर्वाचन आयोगले हटाइदिएको सनातन हिन्दु धर्म र राजतन्त्रमा पुनर्विचार नगरिएमा निर्वाचन बहिस्कार गर्ने र सरकारबाट बाहिरिने सम्मको विकल्प माथि सो पार्टी भित्र छलफल भइरहेको संकेत थापाले दिनु भएको हो ।
‘संविधान अन्तर्गत रहने,संसदको नियन्त्रणमा रहने राजसंस्थासहितको लोकतन्त्र यो हाम्रो पार्टीको आत्मा हो । हाम्रो आत्मालाई समाप्त पार्ने कुरा कुनै हालतमा पनि स्वीकार्य हुँदैन । निर्वाचन आयोगले यो निर्णयमा पुनर्विचार गरेन भने हाम्रा अगाडि धेरै विकल्प छन्’थापाले भन्नुभयो‘सरकारमा सहभागिताको प्रश्नदेखि लिएर निर्वाचनमा सहभागितासम्मको प्रश्नका बारेमा पार्टीको उपयुक्त निकायबाट निर्णय गर्नेछौ ।
त्यो निर्णयमा पुनर्विचार गरिएन भने अहिले नै हामीले निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका छैनौ,त्यसमा भ्रम नपरोस,अहिले नै हामीले सरकार छोडने कुरा पनि गरेका छैनौ । यो पनि प्रष्ट रहोस । तर त्यो निर्णय पुनर्विचार गरिएन भने हामी कठोर भन्दा कठोर निर्णय गर्नका निमित्त बाध्य हुनेछौ ।’
आफनो पार्टीको माग अनुसार निर्वाचन आयोगले आफनो निर्णयमा पुनर्विचार गर्नेमा आशावादी देखिनु भएका थापाले पुनर्विचार नभएमा कठोर निर्णय लिइने घोषणा गर्नुभयो । ‘कुनै पनि पार्टीको आत्मा र प्राण भनेको सिद्धान्त र विचार हो । विचारलाई नै समाप्त पारिदिने हो भने त्यो पार्टीको औचित्य नै के रहन्छ र पार्टीले लिएको विचार ठीक कि वेठिक भन्ने निर्णय जनताले गर्ने हो ।
जनताले अस्वीकार गरे भने त्यो अस्वीकार हुन्छ । तर अन्य कुनै पनि निकायले त्यसलाई अस्वीकार गर्न सक्ने अवस्था छैन’ थापाले भन्नुभयो ‘संम्बैधानिक र राजनीतिक दृष्टिकोणबाट निर्वाचन आयोगले जुन निर्णय गरेको छ त्यो राप्रपालाई स्वीकार्य छैन । हामीले आयोगलाई स्मरण पत्र दिएका छौ । आयोगबाट निर्णय पुनर्विचार हुने अझै पनि बिश्वास गरिरहेको छु । त्यो निर्णय पुनर्विचार गरिएन भने राप्रपाले कठोर निर्णय गर्नेछ ।’
उपप्रधान एवं मन्त्री कमल थापाले तोकिएको समयमा स्थानीय तहको निर्वाचन हुने बताउनु भएको छ। निर्वाचनको तयारीमा सरकार, निर्वाचन आयोग, राजनीतिक दल र आम नागरिक होमिसकेको भन्दै उपप्रधानमन्त्री थापाले निर्वाचन हुँदैन कि भनेर आशंक कसैले पनि गर्न नहुने बताउनुभयो।
उहाँले निर्वाचनमा कोही पनि वाहिर बस्न नहुने भन्दै निर्वाचनको विरोधमा रहेका सबैलाई निर्वाचनमा आउन आग्रह गर्नु भयो। ‘यो निर्वाचन स्थानीय सरकारको निर्वाचन हो,’ उहाँले भन्नुभयो,‘यसमा कोही अलग हुनु हुँदैन। सबैले निर्वाचनमा भाग लिने वातावरण बन्नु पर्छ।’ अन्नपुर्ण पोष्टमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्