सम्पादकीय

यसकारण स्थगित भयो राप्रपाको आन्दोलन



काठमाडौं, ८ वैशाख । सत्तारुढ दल राप्रपाले गर्दै आएको आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । स्थानीय तहको निर्वाचनलाई ध्यान दिँदै आन्दोलन स्थगित गरिएको प्रवक्ता सुशीलकुमार श्रेष्ठले विज्ञप्ती निकालेर जनाएका छन् ।

‘स्थानीय तहको निर्वाचन राप्रपाको मुख्य एजेण्डा भएको, निर्वाचन सुनिश्चितता पार्टीको प्राथमिकता भएको तथा निर्वाचन आयोगले पार्टीको माग बमोजिमको बिषय हाल कार्यान्वयन नगर्ने निर्णय गरेको तथ्य समेत दृष्टिगत गर्दै पार्टीले संचालन गर्ने संघर्षको कार्यक्रम अहिलेलाई स्थगित गरिएको छ ।’
विज्ञप्तीमा भनिएको छ ‘यद्यपि पार्टी विधान संशोधन गर्ने निर्वाचन आयोगको निर्णय पूर्ण रुपमा नसच्याइएसम्म राप्रपाको विरोध जारी रहने छ र आगामी चुनावमा समेत यो बिषयलाई सशक्त ढंगबाट उठाईने छ ।’ राप्रपाले संचालन गरेको र गर्ने कार्यहरु संविधान र प्रचलित कानुन अनुरुप रहेको र रहने व्यहोरा समेत उनले स्पष्ट पारेका छन् । नयाँ पत्रिकामा समाचार छ ।