काठमाडौं, ८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई वार्ताका लागि आह्वान गरेका छन् । संविधान संशोधनको नयाँ विधेयक अस्विकार गर्दै स्थानीय तह निर्वाचन भाँड्ने गरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको मोर्चालाई प्रधानमन्त्री दाहालले आज ८ बजे वार्ताका लागि बोलाएका हुन ।
सत्ता साझेदार दल तथा प्रमुख प्रतिपक्षी एमालेबाट मोर्चा सहमतिमा आउने भए दुई चरणमा चुनाव गराउन सहयोग गर्ने संकेत पाएपछि प्रधानमन्त्री दाहालले मोर्चाको धारणा बुझ्न बैठक बोलाएकाे उनका सहयोगीहरुले बताएका छन् ।
लामो समयदेखि सँगै आन्दोलन गर्दै आएका ६ दलबीच एकीकरण भएपछि बनेको राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम र नेपाल सद्भावना पार्टी गरी तीन शक्तिमात्र आगामी दिनमा मोर्चामा रहनेछन् ।
राजपा नेता राजेन्द्र महतोले तराई–मधेसको निर्वचानबारे छलफल गर्न प्रधानमन्त्री दाहालले बैठक बोलाउनुभएपनि संविधान संशोधन बिना निर्वाचनमा सहभागी नहुने आफुहरुको अडान कायमै रहेको बताए ।
उनले भोलीको बैठकमा सोही अनुसार प्रस्तुत हुने तयारी भएको जानकारी दिP । सरकारले गत चैत २९ गते संविधान संशोधनको नयाँ विधेयक संसद सचिवालयमा दर्ता गराएपछि सरकार र मोर्चाबीच वार्ता हुन सकेको छैन । कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्