सम्पादकीय

जलेका राउटे ट्रमा सेन्टरमा, अवस्था गम्भीर



काठमाडौं, ९ बैशाख । १६ महिनाअघि आगोले जलेर थलिएका राउटे कपिल शाहीलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

गत बर्ष पुषमा आगो ताप्ने क्रममा २० बर्षीय कपिल जलेर भाइते भएको उनका पिता राउटे मुखिया वीरबहादुर शाहीले बताए । घाइते शाही अछामको भैरवस्थानका हुन् ।

बेल्जियमका डाक्टर लुक बुकुरसहितको टोलीले राउटे शाहीलाई उद्धार गरी बिहीबार काठमाडौं ल्याएको उद्धार टोलीका सदस्य लोक दाहालले बताए ।

शाहीको अवस्था गम्भीर छ । आगोले पोलेर उनको पाखुरा, ढाड र पेटमा घाउ भएको छ । लामो समयदेखि घाउ भएकाले उनको शरीरबाट गन्ध आइरहेको छ । कान्तिपुरमा समाचार छ ।