सिरहा, १७ बैशाख । सिरहाको नरहा गाउँपालिका ३ स्थित खोरिया बत्राहीका दुई बर्षीय बालकलाई आफ्नै काकाले हत्या गरी शव गाडेको अवस्थामा फेला परेको छ ।
बुधबार आफ्नै घरबाट बेपत्ता भएका नरहा ३ का रामभरोसी यादवका २ बर्षीय छोरा रञ्जनको शव बारीमा गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बुधबार राती ७ बजे आफ्नै घरमै ट्युसन पढिसकेपछि छोरा रञ्जनलाई नदेखेपछि उनको खोजी भएको थियो ।
धारिलो हतियारले घाँटी रेटेर बारीमा गाडेको अवस्थामा शुक्रबार साँझ उनको शव फेला परेको थियो ।
प्रहरीले घटनामा संलग्न मृतक रञ्जनका काका सुरेश यादवलाई पक्राउ गरेको छ । कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्