काठमाडौं, १ जेठ । पहिलो चरणको निर्वाचनका क्रममा तीनजनाको मृत्यु भएको छ । दोलखाको मेलुङ गाउँपालिका–१ पवटीमा प्रहरीको गोलीबाट कांग्रेस कार्यकर्ता नकुल भुजेलको मृत्यु भएको छ । अन्य ११ जनालाई गोली लागेको छ । प्रहरी र कांग्रेस कार्यकर्ताबीच भएको विवादले उग्र रुप लिएपछि प्रहरीले गोली चलाएको थियो ।
मतदान गर्न गृहजिल्ला पुगेका गायक विक्रम परियारको पनि आइतबार हत्या भएको छ । मतदान गरिसकेपछि साथी देवनारायण श्रेष्ठसँग घुम्न निस्किएका उनको हत्या भएको प्रहरीले जनाएको छ । परिचय नखुलेका युवाको समूहले व्यास–१ छाला फ्याक्ट्री नजिकै परियारलाई आक्रमण गरेको थियो ।
हत्याको आशंकामा प्रहरीले दुई युवालाई नियन्त्रणमा लिएको छ । त्यस्तै, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ बल्सलादेवी मा।वि।मा मतदान गर्न आएका २२ वर्षीय वीरमान पाख्रिनको मतदान केन्द्रमै मृत्यु भएको छ । उनी दमको विरामी थिए । नयाँ पत्रिकामा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्