ललितपुर, २ जेठ । ललितपुरको महाकाल गाउँपालिकामा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् ।
पार्टीका रामचन्द्र दाहालले दुई हजार ८० मत ल्याएर गाउँपालिकाको प्रमुखमा विजयी हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भीमसेन घिमिरेले एक हजार ७२२ मत प्राप्त गरेका छन् ।
यस्तै उपप्रमुखमा एमालेका कमला तामाङले दुई हजार २६३ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुशीला अधिकारीले एक हजार ३९९ मत प्राप्त गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्