सम्पादकीय

संसद्को हिउदे अधिवेशन अन्त्य



काठमाडौं, ५ जेठ । सबैभन्दा लामो समय चलेको जारी हिउदे अधिवेशन गयराति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको छ । २०७३ वैशाख २१ गतेबाट सुरु भएको संसद् अधिवेशन आज सम्म चलेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी अन्त्य गरेकी हुन् ।

संविधान अनुसार सरकारले १५ जेठमा अनिवार्य बजेट ल्याउनुपर्ने हुन्छ । त्यसका लागि पनि बजेट अधिवेशन बोलाउनु पर्ने सरकारलाई बाध्यता छ । बिहान बसेको मन्त्री परिषद बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि प्रधानमन्त्रीले राष्ट्रपतिलाई सिफारिस पठाएका थिए । संसद्मा अहिले संविधान संशोधन विधेयक, महाअभियोग प्रस्ताव लगायत महत्वपूर्ण प्रस्तावहरु छन् ।

यो अधिवेशन ३ सय ८१ दिन संचालन भएको थियो । सरकारले बजेट अधिवेशन यही आउदो ८ गते बोलाउने तयारी गरीरहेको छ । नयाँ पत्रिकामा समाचार छ ।