सम्पादकीय

विदेशमा रहेका नेपाली वैज्ञानिकलाई स्वदेश फर्काउने



काठमाडौं, १६ जेठ । सरकारले सूचना तथा प्रविधिको विकासका लागि चार अर्ब ९८ करोड विनियोजन गरिएको छ । आम सञ्चारमाध्यममा सबै वर्ग, क्षेत्र र समुदायको पहुँच विकास गरिने र श्रमजीवी पत्रकार ऐन कडाइका साथ लागू गरिने अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए ।

काठमाडौंको मुलपानीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण कार्यक्रमलाई निरन्तरत दिएको र युवा तथा खेलकुदक्षेत्रका कार्यक्रमका लागि दुई अर्ब २४ करोड विनियोजन गरेको उनले जानकारी दिए ।

त्यस्तै, युवा वैज्ञानिकलाई प्रोत्साहन गरिने, विदेशमा रहेका नेपाली वैज्ञानिकलाई स्वदेशमा फर्किने अवस्था सिर्जना गरिने, गरिबी दर उच्च रहेको क्षेत्रमा गरिबी निवारण कार्यक्रमलाई सघनताका साथ सञ्चालन गरिने र गरिबीको रेखामुनी रहेका जनताका लागि उत्पादनशील रोजगारमूलक कार्यक्रम सञ्चालन गरिने पनि उनले जानकारी दिए ।

सरकारले वित्तीय क्षेत्र विकास रणनीतिलाई कार्यान्वयनमा ल्याउने भएको छ भने सबै नेपालीको बैंक खाता खोल्ने कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन पनि गर्ने भएको छ । पूँजी निर्माणमा स्वदेशी लगानी वृद्धि गर्न आम नागरिकलाई प्रोत्साहित गरिने भएको छ ।

सरकारले सीमान्तकृत समुदाय र गरिब घरपरिवारका लागि सौर्य ऊर्जा र सुधारिएको चुल्हो अनुदानमा उपलब्ध गराउने भएको छ । २० वर्ष पुराना सवारी गुडाउन नपाइने व्यवस्थालाई प्रमुख सहरहरूमा लागू गरिने अर्थमन्त्री महराले जानकारी दिए । सरकारले विद्युतीय राहदानीका लागि आवश्यक पूर्वाधार तयार पार्ने भएको छ । नयाँ पत्रिकामा समाचार छ ।