सम्पादकीय

म डराएको छैन, आनन्दमोहन लाई गरेजस्तै मलाई पनि गरेः सुशीला कार्की



काठमाडौं, १८ वैशाख । संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायधीशबाट निलम्बित भएकी सुशीला कार्कीसँगको सम्बाद नागरिकमा रहेको छ । सोही सम्बादअन्तर्गत कार्कीलाई सोधिएको एक प्रश्न जवाप

तपाईंमाथि लागेको महाअभियोगलाई कसरी लिनुभएको छ ?

मलाई त केही फिल नै भएको छैन । ममाथि महाअभियोग लाग्दै छ भन्ने मलाई थाहा थियो । केही दिनयता माओवादी सांसद (रामनारायण) विडारीले मलाई पटक पटक फोन गरी कांग्रेसको दबाब आइरहेको छ । एक पटक भेट्नुपर्यो भनिरहनु भएको थियो । तर मैले भेट्न मानिन ।

विडारीलाई मैले महाअभियोग लगाउनुस् भनेको थिए आनन्दमोहन (भट्टराई) लाई गरेजस्तै मलाई पनि गरेका हुन् ।

प्रधानमन्त्रीले आजै बिहान पनि दूत बनाएर बर्षमान पुनलाई मेरो निवासमा पठाउनुभएको रहेछ तर मैले भेटिन मेरो श्रीमान सँग भेटेर उहाँ फर्किनुभयो ।

उहाँहरुले मलाई जे आरोप लगाएर महाअभियोग दर्ता गर्नुभएको छ त्यो त उहाँहरुले पुष्टि गर्नुपर्छ ।

तर मैले न्याय प्रतिको निष्ठा र इमान्दारीतामा कहिल्यै सम्झौता गरेकी छैन । त्यसैले म यसबाट डराएकी छैन । म यो प्रस्तावको सामना गर्छु ।