सम्पादकीय

४ पूर्वप्रधानन्यायाधीशको ठहरः राजनीतिक स्वार्थमा



काठमाडौं, १९ वैशाख । पूर्वप्रधानन्यायाधीशहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा दर्ता गरिएको महाभियोग प्रस्ताव तत्काल फिर्ता गरी सम्मानपूर्वक जिम्मेवारी निर्वाह गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका छन् ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, अनुपराज शर्मा र मीनबहादुर रायमाझीले सोमबार संयुक्त विज्ञप्तिमार्फत लोकतान्त्रिक मूल्य र मान्यताको जगेर्ना गरी स्वतन्त्र र सक्षम न्यायपालिकाको संस्थागत विकासका लागि महाभियोग प्रस्ताव तत्काल फिर्ता लिन आग्रह गरेको छ ।

निहीत स्वार्थ पूरा गर्ने अभिप्रायले प्रस्ताव ल्याइएको महसुस भएको पूर्वप्रधानन्यायाधीशको भनाइ छ । राजधानीमा समाचार छ ।