काठमाडौं, २१ वैशाख । बर्तमान सरकारलाई समर्थन गर्ने राष्ट्रिय जनता पार्टी नेपालको निर्णयपछि मधेसी मोर्चा आवद्ध दलहरुबीच खटपट भएको छ । स्थानीय तह निर्वाचनका लागि बिभिन्न स्थानमा मनोनयन दर्ता गराएको संघीय समाजवादी फोरम नेपालले सरकारलाई समर्थन गर्ने राष्ट्रिय जनता पार्टी नेपालको निर्णयप्रति असहमति जनाएपछि मोर्चा आवद्ध दलबीचको विवाद फेरि सतहमा आएको हो ।
आन्तरिक छलफल नै नगरी फोरम नेपाल स्थानीय तह निर्वाचनमा सहभागी भएको भन्दै रुष्ट बनेको राजपाले मधेसी मोर्चाको औचित्य समाप्त भएको बताएको थियो । राजधानीको तीनकुने स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी फोरम नेपालले सरकारलाई समर्थन गर्ने राजपाको निर्णयप्रति आपत्ति जनाउँदै निर्वाचनमा सहभागी हुने आफ्नो निर्णयको भने खण्डन गरेको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्ने प्रतिबद्धता राज्यले दिइसकेकोले सोही अनुरुप आफुहरु चुनावमा सहभागी भएको दावी गरे । यद्यपी दोस्रो चरणको निर्वाचन अघि संविधान संशोधन लगायत माग पुरा नभए आफुहरु पुनस् आन्दोलनमा जाने बताउदै यादवले मधेसी मोर्चाको औचित्य अझै समाप्त नभएको जिकिर गरे।
संविधान संशोधनको महत्वपूर्ण समयमा सरकारले मुलुकमा नाटकीय घटनाहरु गराएको भन्दै आफ्नो मुद्दाप्रतिको पुर्ववत अडान यथावत रहेको यादवको दावी थियो । कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्