काठमाडौ, २८ बैशाख । व्यपस्थापिका संसदको बैठक आगामी जेठ ४ गतेसम्मका लागि स्थगित भएको छ । आज वस्ने भनिएको संसदको बैठक सुचना टाँस गरी स्थगित गरिएको छ । संसद बैठक स्थगित भएपछि पत्रकारहरुसँग कुराकानी गर्दै सभामुख ओनसरी घार्तीले राज्यका प्रमुख तीन अंग (व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका) संबैधानिक सिमाभित्र रहनुपर्ने जानकारी गराइन् । उनले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव संसदको प्रकृयाबाट अगाडी वढिसकेकाले नरोकिने पनि जानकारी गराइन् ।
शक्तिपृथकिकरणको सिद्धान्तअनुसार प्रमुख अंगहरु अगाडी बढ्नुपर्ने बताएकी सभामुख घर्तीले संविधानमा व्यवस्थापिका, कार्यपालिका र न्यापपालिकाको काम, कर्तव्य र अधिकार स्पष्टसँग उल्लेख गरिएको पनि स्मरण गराइन् ।
उनले एक संबैधानिक अंगले अर्को संबैधानिक अंगको क्षेत्राधिकार मिच्न नमिल्ने बताइन् । सभामुख घर्तीले प्रमुख अंगहरुबीच देखिएको तिक्ततालाई हल गर्नका लागि जेठ ४ गतेसम्मका लागि संसदको बैठक स्थगित गरिएको पनि जानकारी गराइन् । नयाँ पत्रिकामा समाचार छ ।











प्रतिक्रिया दिनुहोस्