सम्पादकीय

निर्वाचनका लागि सुरक्षा रणनीति बनाइदै



काठमाडौं, ३१ जेठ । निर्वाचनमा सुरक्षा तयारीका विषयमा निर्वाचन आयोग र गृहमन्त्रालयका पदाधिकारीबीच मंगलबार छलफल भएको छ । छलफलमा असार १४ गते ४१ जिल्लामा हुने दोस्रो चरणको सुरक्षा तयारीबारे छलफल भएको थियो ।

छलफलमा राजपाको आमहड्ताल, सिके राउतको समूह र भारतसँगको खुला सिमानाका कारण पहिलो चरणको तुलनामा अबको निर्वाचनमा सुरक्षा चुनौती बढी रहेकाले सुरक्षा सतर्कता बढाउन आयोगले मन्त्रीसँग आग्रह गरेको थियो ।

आयोगले आज (बुधबार) सुरक्षा रणनीतिका विषयमा थप छलफल गर्ने बताइएको छ । नेपाल समाचरपत्रमा समाचार छ ।