सम्पादकीय

नेपाल-चीन वार्ता : यही वर्ष उच्चस्तरीय भ्रमण



काठमाडौं, ७ असार । चिनियाँ सहायक विदेशमन्त्री कोङ् सोयानयुले यही वर्ष (सन् २०१७ भित्र) चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण हुन सक्ने संकेत गरेका छन ।नेपाल चीन कूटनीतिक परामर्श संयन्त्रको मंगलबार परराष्ट्र मन्त्रालयमा आयोजित एघारौं बैठकमा चिनियाँ सहायक विदेशमन्त्री सोयानयुले नेपालसँग उच्चस्तरीय भ्रमण आदानप्रदान बढाउन चीन इच्छुक रहेको बताए ।

बैठकमा नेपाल-चीनबीचको राजनीतिक सम्बन्ध थप प्रगाढ बढाउने विषयमा धारणा आदान प्रदानका क्रममा चिनियाँ उच्च अधिकारीले उच्चस्तरीय भ्रमणको संकेत गरे ।

चीनबाट निकट भविष्यमै राष्ट्रपति या प्रधानमन्त्री तहको नेपाल भ्रमण हुनसक्ने संकेत चिनियाँ पक्षको थियोु, भेटमा सहभागी परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने ।

बैठकमा उच्चस्तरीय भ्रमण आयोजनाका लागि वातावरण बनाउन अबका दिनमा दुई देशका परराष्ट्र मन्त्रालय नियमित सम्पर्कमा रहने सहमति भएको छ ।सन् २०१६ को अक्टोबरमा चिनियाँ राष्ट्रपति सि जिनपिङ्ले नेपाल भ्रमण गर्न चाहे पनि यहाँ भएको सत्ता परिवर्तन र नेपालबाट यथोचित तयारी हुन नसकेका कारण भ्रमण रोकिएको थियो ।

ुवातावरण बनाउन सके चिनियाँ राष्ट्रपति या प्रधानमन्त्री तहको भ्रमण यसै वर्ष हुन सक्छ । भ्रमण हुने÷नहुने नेपालकै तयारीमा भरपर्छु, बैठकमा सहभागी अर्का सरकारी अधिकारीले भने ।

उद्घाटन मन्तव्य व्यक्त गर्दै चिनियाँ प्रतिनिधिमण्डलका नेता कोङ्ले नेपाल ुबेल्ट एन्ड रोडु अवधारणाको महत्वपूर्ण साझेदार रहेको उल्लेख गरे , उनले यस अवधारणाको फ्रेमवर्क भित्र रहेर नेपालसँग विकास रणनीतिमा तादात्म्य गर्न चीनले चाहेको बताए । अन्नपूर्ण पोस्टमा समाचार छ ।