सम्पादकीय

पहिरोको डरले रातभर जाग्राम



बैतडी, २५ असार । बर्ष सुरु भएसंगै बैतडीको डिलोसैन गाउँपालिका ६ बांगाबगरका धनीराम सार्कीको निन्द्रा खोसिएको छ ।
माथिबाट पहिरो खस्न थालेपछि आफु बसेको टहरो कतिखेर बग्ने हो भन्ने चिन्ताले उहाँले अनिँदै रात कटाउन थालेका हुन  । ती दिन लगातार बर्ष भयो ।

पानी पर्न थालेपछि कतिखेर पहिरो खस्ने हो भन्ने डरले सताउँछ, उनले भने ।

अघिल्लो बर्षपनि त्यही ठाउँमा खसेको पहिरोले उहाँको घर पुरियो । सबै गाईबस्तु पहिरोसंगै सोहोरिए ।

धनीराम जस्तै त्यहाँका सात दलित परिवार छेउमै टहरा बनाएर बसिरहेका छन्, अन्नपुर्णपोष्टमा समाचार छ ।