काठमाडाै, २७ असार । टोले गुण्डा हुँदै राजधानीमा डनको विल्ला पाएपछि जेलमा जाकिएका दोलखाका शुक्रे लामा पछिल्लो समय प्रहरीलाई चुनैति बनेका छन् । नयाँ बानेश्वरका डन महिन्द्र खड्काको हत्या पश्चात जेल पुगेका शुक्रे जेलबाट छुटेसँगै आपराधिक समूह खडा गरेर राजधानीमै अपहरण र लुटपाटमा सक्रिय छन् ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईबी) को नक्कली प्रहरी खडा गरेर शुक्रेले ठेकदार, व्यापारी र सरकारी कर्मचारीलाई समेत लुटपाट गरेको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ ।
सिआइबीको नाममा गोप्य ‘सेफहाउस’ (अनुसन्धान गर्ने गोप्य स्थान) सञ्चालन गरी सर्वसाधारणलाई पक्राउ गरेर पैसा असुल्दै आएको एक समूहको पक्राउ पश्चात शुक्रेको राज खुलेको हो ।
एक सरू श्रेष्ठ नामक युवतीको प्रयोग गरेर शुक्रेको समुहले विभिन्न व्यापारीलाई पक्राउ गरी कुटपिटका साथै थुनामा राखेर पैसा असुल्दै आएका थिए । सञ्चार सेट र पेस्तोलसमेत बोक्ने र आफूहरू सादा पोसाकका प्रहरी भएको भन्दै उनीहरूले सिआईबीको नाममा धन्दा चलाउँदै आएका थिए । सरू सहित तीनजनालाई सिआईबीले तत्काल पक्राउ गरेपनि गिरोहका नाईके तथा योजनाकार शुक्रे भने फरार रहेका छन् ।
को हुन शुक्रे ?
दोलखाका शुक्रे लामा २०५५ सालदेखि बानेश्वरका कुख्यात गुण्डा नाईके मिलन गुरूङ उफ टि मिलनका अघिपछि हिड्ने भाडाका गुण्डा थिए । पैसाका लागि काटमार गर्दै आएका शुक्रे केही समयमै टि मिलनका खास सहयोगी बन्न पुगे । टेण्डरबाट आएको कमिशनको राम्रै हिस्सा पाउन थालेपछि उनको सपना पनि बढ्न थाल्यो ।
टि मिलनझैं डन बन्ने । डन बन्ने शिलशिलामा शुक्रेले बानेश्वरका अर्का डन महिन्द्र खड्कालाई २०५८ मा टि मिलनको आदेशमा खुकुरी प्रहार गरी हत्या गरे । खड्काको हत्या पश्चात डिल्लीबजार जेल पुगेका शुक्रे दुई बर्ष पश्चात अस्पताल जाने बहानामा सुकेधारबाट फरार भए ।
प्रहरीलाई आर्थिक प्रलोभनमा पारेर सुकेधारा पु¥याई आफ्नो सहयोगी लगाएर प्रहरीलाई नै खुकुरी प्रहार गरी उनी फरार भएका थिए । फरार शुक्रेलाई केही समय पश्चात तत्कालिन काठमाडौं प्रहरीका ईन्सपेक्टर कुमोद ढुंगेलले काभ्रेको कामीडाँडाबाट पक्राउ गरेर ल्याएका थिए ।
अर्का कुख्यात गुण्डा सुजन पौडेल उर्फ रमेश बाहुन र शुक्रे कुनै समय काठमाडौं उपत्यकका, काभ्रे, रामेछाप, दोलखा, सिन्धुली जिल्लामा काम गर्ने ठेकदारको लागि यमराज नै बनेका थिए । बाहुन अहिले जेलमा झन भने शुक्रेले नयाँ तरीका अपनाएर अपराधमा सलग्न हुदै आएको पाईएको छ । जनप्रहार साप्ताहिकमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्