मोरङ, ४ साउन । राजपा मोरङको नेतृत्व गर्ने विषयमा विवाद चुलिएको छ । अध्यक्ष मण्डलका दुई समूहले एकले अर्कोलाई कारबाही गरेको घोषणा गरेका छन् ।
अध्यक्ष मण्डलका सदस्य राधे कामतले सोमबार पत्रकार सम्मेलन गरी आफूलाई अध्यक्षमण्डलको संयोजक घोषणा गरेका थिए । भोलिपल्टै मंगलबार अध्यक्षमण्डलका संयोजक मोहम्द कादिर समूले पत्रकार सम्मेलन गरी कादिर नै संयोजक रहेको भन्दै कामतलाई कारबाही सिफरिस गर्ने जनाएको छ ।
यसअघि कामतले आफूलाई संयोजक दाबी गर्दै कादिरसहित केही कन्द्रीय नेतालाई कारबाही गरेको घोषणा गरेका थिए । कामतले कादिरलाई पार्टीबाटै निष्कासन गरेको दाबी गरेका थिए ।
आफ्ना गलत गतिविधि ढाकछोपका लागि कादिरले नेतृत्व हस्तान्तरण गर्न नचाहेको आरोप कामतको थियो । आलोपालो प्रणालीअनुसार अफू संयोजक भएको उनको दाबी छ । नयाँ पत्रिकामा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्