सम्पादकीय

संविधान संशोधन अघि बढाउन काँग्रेस तयार



काठमाडौं, १० साउन । नेपाली काँग्रेसले संविधान संशोधनलाई अघि बढाउने निर्णय गरेको छ । तीन दिनसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले दलहरूबीचको पूर्वसहमति कार्यान्वयन गर्न संसद्मा दर्ता संशोधन विधेयक अघि बढाउन तयार रहेको निष्कर्ष निकालेको हो ।

‘माओवादी केन्द्र, लोकतान्त्रिक मधेसी मोर्चा, संघीय गठबन्धन, राष्ट्रिय जनता पार्टीलगायत सबै राजनीतिक दलहरूसँग विगतमा भएका सहमति कार्यान्वयन गर्न कांग्रेस प्रतिबद्ध छ,’ कांग्रेस निर्णयमा उल्लेख छ, ‘कांग्रेस संसद्मा विचाराधीन नेपालको संविधान संशोधन विधेयक पूर्वसहमतिअनुरूप पेस गरी पारित गर्न तयार छ ।’

विधेयक पारित गरी संविधानको स्वीकार्यता विस्तार गर्न र आगामी सबै तहका निर्वाचनको वातावरण सहज बनाउन पनि कांग्रेसले प्रमुख प्रतिपक्ष एमालेलगायत सबै दलहरूलाई अपिल गरेको छ । बैठकले पूर्वसहमतिअनुरूप कार्य गर्न सरकारसँग पनि माग गरेको छ । तर, संशोधन प्रक्रिया कहिलेसम्म अघि बढाउने भन्ने विषयमा कांग्रेस केही बोलेको छैन । नयाँ पत्रिकामा समाचार छ ।