समाचार

बजेट सन्तुलित छ, शिक्षामा २० प्रतिशत नछुट्याइनु दुःखद् : अध्यक्ष तामाङ



जेष्ठ १६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन (तत्कालिन नेकपा माओवादी केन्द्रको भातृ संगठन) अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बर्तमान सरकारले ल्याएको बजेट सन्तुलित रहेको बताउँदै शिक्षामा २० प्रतिशत नछुट्याउनु दुःखद भएको बताएका छन् ।

अध्यक्ष तामाङले भने ‘आठ प्रतिशतको आर्थिक वृद्धिदरको सन्तुलित अपेक्षा राखेको छ । कृषि, विज्ञान प्रविधि, खेलकुद, सूचना तथा सञ्चारलगायतका क्षेत्रमा बजेट राम्रो छुट्याइएको छ । तर शिक्षा क्षेत्रमा सरकार आफैंले घोषणा गरेअनुसारको २० प्रतिशत बजेट हुन सकेन, यो दुःखद छ । यसमा अर्थमन्त्री ज्यू चुक्नु भएको छ । तथापी शैक्षिक प्रमाणपत्रको आधारमा ऋण दिने विद्यार्थीहरुको मागलाई सम्बोधन गरे पनि तह स्पष्ट नछुट्याएको हुनाले यसले विद्यार्थीमा अन्यौल छाएको छ ।’

सामाजवादको मुल आधार सामाजिक सुरक्षा भएकाले बजेटले त्यसको निम्ती विशेष ध्यान दिएकाले यसलाई आशातित मान्न सकिने बताएका छन् । जसका कारण देशमा अत्याधिक समस्यामा रहेको भ्रष्टचारको खाडलको अन्त्य हुने विश्वास लिएका छन् ।